दफा १
संक्षिप्त नाम, विस्तार र प्रारम्भ
(१) यो ऐनको नाम “हातहतियार खरखजाना ऐन, २०१९” रहेकोछ ।
(२) यो ऐन नेपाल भर …….लागू हुनेछ ।
तर नेपाल सरकारको आदेशबमोजिम वा कुनै सरकारी कर्मचारीको हैसियतले आफ्नो कर्तव्य पालन गर्दा निजले दिएको आदेशबमोजिम हातहतियार खरखजाना बनाउन, मरम्मत गर्न, एक रूपबाट अर्को रूपमा परिणत गर्न, बेच्न, बिक्रीको लागि दिन, लिएर हिड्न, आफू साथ वा आफनो नियन्त्रणमा राख्न, नेपाल ……बाट विदेशमा निकासी गर्न, विदेशबाट नेपाल …….भित्र पैठारी गर्न वा नेपाल ……. भित्रको एक जिल्लाबाट अर्को जिल्लामा ल्याउन लैजानमा यो ऐनका कुनै कुरा लागू हुने छैन ।
(३) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको मितिदेखि प्रारम्भ हुनेछ ।